माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, १२ : ३६
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी रहेको छ।आइतबारदेखि काठमाडौंको कमलादीमा सुरु भएको बैठकले सोमबार पनि निरन्तरता पाएको हो। सोमबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पेस गरेको १० पाने राजनीतिक प्रतिवेदनमा खुला छलफल हुने कार्यक्रम छ।

बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विभिन्न आठ वटा अजेन्डा प्रस्तुत गरेका थिए। आइतबारको बैठकले ३७३ केन्द्रीय सदस्यको टुंगो लगाएको छ। जसमा प्रचण्ड अध्यक्ष र अन्य ३७२ जना केन्द्रीय समिति सदस्य रहेका छन्। 

केन्द्रीय सदस्यमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणी पोखरेल, जनार्दन शर्मा, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, मातृकाप्रसाद यादवलगायत छन्। चार केन्द्रीय सदस्य खाली राखिएको छ। यस्तै, स्थायी पदेनमा ज्येष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं, अनुशासन आयोगको अध्यक्षमा टंक राई र लेखा आयोग प्रमुखमा पेशलकुमार खतिवडा चयन गरिएका छन्। 

प्रतिक्रिया दिनुहोस