उच्च अदालत पाटनका कर्मचारीबीच कार्यकक्षमै कुटाकुट

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, १२ : १३
उच्च अदालत पाटनका  कर्मचारीबीच कार्यकक्षमै कुटाकुट

काठमाडौँ । उच्च अदालत पाटनका दुई कर्मचारीबीच कार्यकक्षमै कुटाकुट भएको छ। उच्च अदालत पाटनका शाखा अधिकृत हिरालाल भुसाल र उपसचिव रमेश श्रेष्ठबीच कार्यकक्षमै कुटाकुट भएको हो। 

शाखा अधिकृत भुसालले सोमबार उपसचिव श्रेष्ठलाई मुक्का प्रहार गरेको स्रोतको भनाइ छ। 'हिरालाल भुसालले कार्यकक्षमा रमेश श्रेष्ठमाथि हातपात गर्नु भएको हो' पाटन उच्च अदालतका एक कर्मचारीले भने। घटनाबारे आफूलाई विस्तृतमा भने जानकारी नभएको उनको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस