भारतको हिमाञ्चलमा बस दुर्घटना १६ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, १२ : ०६
भारतको हिमाञ्चलमा बस दुर्घटना १६ जनाको मृत्यु

काठमाडौँ ।भारतको हिमाञ्चल प्रदेशको कुल्लु जिल्लामा स्कुल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ।४० जना सवार बसमा केही विद्यार्थीको पनि मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

कुल्लु जिल्लाको साँजको शैनसरमा एक निजी बस दुर्घटनामा परेको हो। बस जाङ्ला गाउँबाट करिब दुई सय मिटर तल खसेको हो। दुर्घटनामा घाइतेलाई नजिकको अस्पतालमा लागिएको र उद्धार कार्य जारी रहेको छ। 

प्रतिक्रिया दिनुहोस