काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको संक्षिप्त राजनीतिक प्रतिवेदनमा खुला छलफल सुरु भएको छ ।
यसअघि प्रतिवेदनमा समूहगत छलफल हुँदै आएकामा यस पटक खुला छलफलको अवधारणा ल्याइएको छ । त्यसमा प्रचण्डले आफ्नो धारणा राख्न केन्द्रीय समिति सदस्यहरुलाई २ मिनेटको समय दिएका छन् । प्रचण्डले प्रतिवेदनमाथि लागेका कुराहरु २ मिनेटभित्र सक्न भन्दै फ्लोर खुला गरेका हुन् ।
राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठकमा आइतबार प्रचण्डले १० पन्ने राजनीतिक प्रतिवेदनमा पेश गरेका थिए । उनले प्रतिवेदन संक्षिप्त भएकाले समूहगत छलफल नहुने बताएका थिए । प्रचण्डको प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भ उल्लेख गरिएको छ ।
यस्तै वर्तमान घरेलु परिस्थिति, स्थानीय तह निर्वाचनको विश्लेषण, गठबन्धनको समीक्षा पनि संक्षेपमा गरिएको छ । यस्तै प्रचण्डले प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीका रणनीति तथा तयारीका विषय पनि उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० असार २०७९, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने