काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको संक्षिप्त राजनीतिक प्रतिवेदनमा खुला छलफल सुरु भएको छ ।
यसअघि प्रतिवेदनमा समूहगत छलफल हुँदै आएकामा यस पटक खुला छलफलको अवधारणा ल्याइएको छ । त्यसमा प्रचण्डले आफ्नो धारणा राख्न केन्द्रीय समिति सदस्यहरुलाई २ मिनेटको समय दिएका छन् । प्रचण्डले प्रतिवेदनमाथि लागेका कुराहरु २ मिनेटभित्र सक्न भन्दै फ्लोर खुला गरेका हुन् ।
राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठकमा आइतबार प्रचण्डले १० पन्ने राजनीतिक प्रतिवेदनमा पेश गरेका थिए । उनले प्रतिवेदन संक्षिप्त भएकाले समूहगत छलफल नहुने बताएका थिए । प्रचण्डको प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भ उल्लेख गरिएको छ ।
यस्तै वर्तमान घरेलु परिस्थिति, स्थानीय तह निर्वाचनको विश्लेषण, गठबन्धनको समीक्षा पनि संक्षेपमा गरिएको छ । यस्तै प्रचण्डले प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीका रणनीति तथा तयारीका विषय पनि उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० असार २०७९, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबिचको सङ्घर्ष जारी छ : प्रचण्ड
अन्योलता हट्यो, देश अब निर्वाचन तयारीतिर गयो: प्रचण्ड
‘सोसल मिडियाबाट हो-हल्ला गर्नेहरू नै जनताका मुक्तिदाता हुन् भन्ने भ्रम पार्न खोजियो’: प्रचण्ड
देशलाई संकटबाट निकास दिन एकमात्र विकल्प : प्रचण्ड
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन