गृहमन्त्री खाणसँग भारतीय राजदूत श्रीवास्तवले गरे शिष्टाचार भेट

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, ११ : ५०
गृहमन्त्री खाणसँग भारतीय राजदूत श्रीवास्तवले गरे शिष्टाचार भेट

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटघाट गरेका छन् । 

राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले गृहमन्त्री खाणसँग पहिलो पटक भेटघाट गरेका हुन् । गृह मन्त्रालयमा सोमवार बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारेमा कुराकानी भएको थियो । 

भेटमा गृहमन्त्री खाणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुरुप कृषि रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए । राजदूत श्रीवास्तवले आफूले पहल कदमी लिने बताए । 

भेटमा गृहमन्त्री खाणले श्रीवास्तवलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस