जसपाले मधेस प्रदेश सांसद यादव पार्टीबाट निकालिए

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, ११ : २४
जसपाले मधेस प्रदेश सांसद यादव पार्टीबाट निकालिए

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले मधेस प्रदेशका एक सांसदलाई पार्टीबाट निकालेको छ। जसपाबाट निष्कासित हुनेमा संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्ष पनि छन्। 

जसपाको महोत्तरी जिल्ला कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले महोत्तरीबाट निर्वाचित सांसद कौशल कुमार यादव र सोही नाम गरेका संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्षलाई साधारण सदस्य समेत नरहने गरी  कारबाही गरेको हो।

उनीहरुलाई गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाइएको छ। प्रदेश सांसद यादव महोत्तरी क्षेत्र नम्बर ४ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनी २०६४ को संविधानसभा सदस्य समेत हुन्। 

प्रतिक्रिया दिनुहोस