कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

सफल खबर संवाददाता

आइतबार, १९ असार २०७९, ११ : ३५
कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोलामा ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

तेजावी सुन ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आइतबार चाँदी भने प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस