भिनाजुबाट साली बलात्कृत

सफल खबर संवाददाता

आइतबार, १९ असार २०७९, ११ : ०६
भिनाजुबाट साली बलात्कृत

काठमाडौँ । काठमाडौँमा भिनाजुबाटै साली बलात्कृत भएका छन् । कीर्तिपुर नगरपालिका–६ मा भिनाजुले सालीलाई बलात्कार गरेको हो । बलात्कार आरोपमा प्रहरीले मकवानपुर घर भएका साजन प्रजालाई पक्राउ गरेको छ ।

बलात्कृत नाबालिग छिन् । कीर्तिपुर स्थित पाँगामा भिनाजुसँगै बस्दै आएकी नाबालिगलाई उनले यसअघि पनि पटक पटक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

आरोपीलाई शुक्रवार पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस