आईसीसी एक दिवसीय बरियता नेपाल

शुक्रबार, १८ जेठ २०७५, १५ : ५१
आईसीसी एक दिवसीय बरियता नेपाल

काठमाडौं । नेपाल, स्कटल्याण्ड, नेदरल्याण्ड्स र युएईलाई अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एक दिवसीय बरियतामा राखेको छ । आईसीसीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालसहित चार राष्ट्रलाई बरियता दिएको जनाएको छ ।
क्रिकेटमा उदाउँदा राष्ट्रका रुपमा चिनिएका देशहरु मध्ये स्कटल्याण्ड र युएइले यसअघि नै आइसीसीको बरियता पाइसकेका थिए । त्यस्तै, नेपाल र नेदरल्याण्ड्सलाई भने शुक्रबार बरियतामा राखिएको आइसीसीले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
सार्वजनिक गरिएको बरियतामा स्कटल्याण्ड २८ अंकसहित १३ औं स्थानमा रहेको छ भने १८ अंक सहित युएई १४औं स्थानमा रहेको छ ।
तर, नेदरल्याण्डले १३ अंक पाएको छ भने नेपालसँग भने अंक छैन । नेपाल नेदरल्याण्डले आईसीसीको पूरै बरियतामा आउनका लागि अनिवार्य चार खेल खेल्नुपर्ने हुन्छ । त्यसपछि मात्रै आईसीसीको बरियतामा घटबढ हुने आईसीसीले जनाएको छ ।
आईसीसीले सार्वजनिक गरेको बरियतामा इंग्ल्याण्ड एक दिवसीयमा शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा भारत रहेको छ । दक्षिण अफ्रिका तेस्रो स्थानमा रहँदा न्यूजील्याण्ड चौथो र विश्व विजेता अष्ट्रेलिया पाँचांै स्थानमा छन् ।
नेपालले गत मार्चमा भएको विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक एक दिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेटको मान्यता पाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस