शेयर बजारमा ७४ अंकको सुधार, १ अर्बकाे काराेबार

सफल खबर संवाददाता

विहीबार, १६ असार २०७९, १५ : २७
शेयर बजारमा ७४ अंकको सुधार, १ अर्बकाे काराेबार

काठमाडौं । कारोबार हुने साताको पाँचौं दिन शेयर बजारमा ७४ सुधार आएको छ । बिहीबार नेप्से परिसूचक ७४.९३ अंकले बढेर २०३७.६४ विन्दुमा थामिँदा ठूला कम्पनीको परिसूचक सेन्सेटिभ पनि १२.६३ अंकले बढेर ३९१.७८ विन्दुमा पुगेको छ ।

बजार सुधारिँदा कारोबार रकममा पनि भारी वृद्धि भएको छ । बुधबार १ अर्ब ४० करोडको कारोबार भएकोमा बिहीबार कारोबार रकम २ अर्ब ४५ करोडभन्दा बढी छ । यस दिन २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता शेयर किनबेच भयो ।

बिहीबार कारोबारमा आएका १३ उपसूचक सबैमा हरियाली छायो । निर्जीवन बीमा, माइक्रोफाइनान्स, उत्पादन, जीवन बीमा, जलविद्युत्, होटल तथा पर्यटन, फाइनान्स र विकास बैंक समूह तीन अंकले बढे ।

बैंक र अन्य समूह दोहोरो अंकले बढ्दा म्युचल फन्ड र लगानी समूहमा पनि सामान्य सुधार आयो ।यस दिन १६ वटा कम्पनीको शेयर मूल्यमा ९ प्रतिशतभन्दा माथिको सुधार आउँदा सबैभन्दा बढी नेपाल फाइनान्स, मैलुङखोला जलविद्युत् र न्यादी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतले कमाए ।

प्रतिक्रिया दिनुहोस