स्याङ्जामा गोठ भत्किँदा बहिनीको मृत्यु, दाजु घाइते

सफल खबर संवाददाता

विहीबार, १६ असार २०७९, ०९ : १७
स्याङ्जामा गोठ भत्किँदा बहिनीको मृत्यु, दाजु घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका १० दुबिन डाँडामा घरसँगैको गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
स्थानीय ढाकाराम भट्टराईको घर सहितको गोठ भत्किँदा उनकी १३ वर्षकी छोरी रेखा भट्टराईको मृत्यु भएको हो ।  घटना लगत्तै स्थानीयले उनलाई गल्याङ नगर अस्पतालमा ल्याएकोमा अस्पतालले मृत घोषणा गरेको हो । 

आज बिहान ५ वजे भएको घटनामा रेखासँगै रहेका उनका १६ वर्षका दाजु लक्ष्मण भट्टराई घाइते भएका छन् । घटनामा गोठमा रहेका एक भैसी र दुईवटा बाख्रा पनि मरेका छन् । 

प्रतिक्रिया दिनुहोस