नवनियुक्त मन्त्रीलाई विवादित काम नगर्न अध्यक्ष नेपालको निर्देशन

सफल खबर संवाददाता

बुधबार, १५ असार २०७९, १६ : ०६
नवनियुक्त मन्त्रीलाई विवादित काम नगर्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना मन्त्रीलाई प्रशिक्षण दिएका छन । बुधबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा नवनियुक्त मन्त्रीहरुलाई बोलाएर उनले विवादित काम नगर्न निर्देशन दिए ।

अध्यक्ष नेपालले सहरी विकासमन्त्री मेटमणि चौधरी, पर्यटन मन्त्री जीवनराज श्रेष्ठ, श्रम मन्त्री शेरबहादुर कुँवर, स्वास्थ्यमन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई बोलाएर प्रशिक्षण दिएका हुन ।

पार्टीका मन्त्रीहरु कतै आर्थिक लेनदेनमा मुछिएको खबर सुन्न नपर्नेगरी जनताको पक्षमा काम गर्न नेपालले निर्देशन दिनुभएको छ । देश र जनताको पक्षमा काम गर्ने मन्त्रीलाई पार्टीले सधै साथ दिने नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस