कोलम्बियामा जेलबाट भाग्ने क्रममा कम्तीमा ४९ कैदीको मृत्यु

एजेन्सी

बुधबार, १५ असार २०७९, ०८ : ०८
कोलम्बियामा जेलबाट भाग्ने क्रममा कम्तीमा ४९ कैदीको मृत्यु

एजेन्सी । दक्षिणपश्चिम कोलम्बियाको एउटा जेलबाट भाग्ने प्रयास गर्दा कम्तीमा ४९ कैदीको मृत्यु भएको र दर्जनौं घाइते भएका छन् । अहिलेसम्म ४९ जनाको मृत्यु भएको नेसनल पेनिटेन्सियरी एण्ड प्रिजन इन्स्टिच्युटका प्रवक्ताले जनाएका छन्। मृतकको संख्या अझै बढ्न सक्ने उनले बताएका छन्।

जेलमा आगो लागेपछि भाग्ने क्रममा क्रममा उक्त दुर्घटना भएको स्थानीय अधिकारीहरुको भनाई उद्धृत गर्दै क्याराकोल रेडियोले जनाएको छ ।विवरणअनुसार ४० जनाभन्दा बढी घाइते भएका छन् । निवर्तमान राष्ट्रपति इभान ड्यूकले ट्विट गर्दै मृतकका आफन्तजनप्रति सहानुभूति जनाएका छन् ।

‘जेलमा भएका घटनाहरूप्रति खेद व्यक्त गर्दछौं’, उनले भने । ल्याटिन अमेरिकामा घातक जेल दंगा बारम्बार हुने गरेका छन् । कोलम्बियाको छिमेकी इक्वेडरमा सन् २०२१ को सुरुदेखि भएका ६ ओटा दंगामा झन्डै ४०० कैदी मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस