शेयर बजारमा दोहोरो अंकको गिरावट, १ अर्ब ५ करोडको कारोबार

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, १५ : २६
शेयर बजारमा दोहोरो अंकको गिरावट, १ अर्ब ५ करोडको कारोबार

काठमाडौं । मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ ।आइतबार उछाल आएको शेयर बजार त्यसपछि सोमबार र मंगलबार पनि दोहोरो अंकले घटेको छ ।

मंगलबार नेप्से ११.८२ अंकले घटेर १९ सय २१ विन्दुमा आइपुग्दा ठूला कम्पनीको मापन गर्ने सेन्सेटिभ सूचक पनि ३.२२ अंकले घटेर ३७२.६० विन्दुमा झरेको छ । नेप्से घट्दा उपसूचक समूहहरूमा पनि त्यसको प्रभाव परेको छ ।

बैंक ०.२९ र जीवन बीमा समूह ९६.९ अंकले उकालो लाग्दा निर्जीवन बीमा समूहमा १०९.९६ अंकको पहिरो आएको छ । म्युचल फन्ड र लगानी समूहबाहेक अन्य समूह दोहरो अंकले घटेको छ ।

यस दिन २३० कम्पनीको ३० लाख ३७ हजार ६३० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५ करोड ८२ लाख ४६ हजार रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस