मृतक दिलमायाको नाममा आफूखुसी रकम संकलन नगर्न प्रतिष्ठानको आग्रह

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, ०९ : ०४
मृतक दिलमायाको नाममा आफूखुसी रकम संकलन नगर्न प्रतिष्ठानको आग्रह

काठमाडौँ । गायिका दिलमाया सुनारको नाममा आफूखुसी पैसा नबटुल्न राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले चेतावनी दिएका छन्।

उनले फेसबुकमा स्टेटस राख्दै दिलमायाको नाममा पैसा उठाउनुका साटो उनको न्याय खोज्न आग्रह गरेका छन्। उनले दिलमायाको लागि आवश्यक खर्च संस्थागथ रुपमा व्यहोर्न प्रतिष्ठान तयार भएको बताएका छन्।उनले घटनाको पूर्ण विवरण नआई पैसा उठानेहरुलाई खबरदारी पनि गरेका छन्।

उनले लेखेका छन्, ‘खबरदार १ दिलमायालाई न्याय खोजौँ, पैसा नबटुलौँ १ आवश्यक खर्च संस्थागत रुपमा व्याहोर्न प्रतिष्ठान तयार भएकै छ त १ कमसेकम घटनाको पूर्ण विवरण त आउन दिनुस् ।’

लोक तथा दोहोरी गीत गायिका दिलमाया सुनुवार शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन्। उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ। दिलमाया हत्या प्रकरणमा सुरेश श्रेष्ठलाई हिरासतमा लिएको छ।

प्रतिक्रिया दिनुहोस