काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन (अखिल क्रान्तिकारी) ले २७ वटा विभाग गठन गरेको छ । यही असार ५ गते बसेको संगठनको तेस्रो बैठकले विभाग गठन गरेको हो ।
विभागमा प्रमुख, उपप्रमुख र सचिव रहने व्यवस्था छ । प्राय सबै विभागका प्रमुख उपप्रमुख र सचिवको पनि टुंगो लागिसकेको अखिल क्रान्तिकारीले जनाएको छ महत्वपूर्ण मानिएको संगठन विभाग प्रमुखको जिम्मेवारी महासचिव दिपेश पुनलाई दिइएको छ । उपप्रमुखमा मदन लिम्बु र माधव थपलिया रहेका छन् भने सचिवमा रोशन थापा मगर रहेका छन् ।
यस्तै अर्को महत्वपूर्ण मानिने आर्थिक विभागको जिम्मा भने केन्द्रीय कार्यालयलाई नै दिइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असार २०७९, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अखिल (क्रान्तिकारी)द्वारा असार १५ देखि देशव्यापी शैक्षीक संघर्षको घोषणा