आठ बुँदै पत्रकाे हस्ताक्षर फिर्ता

सफल खबर संवाददाता

शनिबार, ११ असार २०७९, १४ : ०४
आठ बुँदै पत्रकाे हस्ताक्षर फिर्ता

काठमाडाैँ ।नेकपा एकीकृत समाजवादीका ६ जना सांसदले मन्त्री फेर्ने पार्टी निर्णय नमान्ने भन्दै बुझाएकाे आठ बुँदै पत्रकाे हस्ताक्षर फिर्ता लिएका छन्।हिजाे(शुक्रबार) सो पार्टीका १० सांसदले मन्त्रीहरू फेर्ने पार्टी निर्णय नमान्ने भन्दै संसदीय दलको बैठक बोलाउन माग गर्दै अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए।

पत्र बुझाएका १० जना सांसद मन्त्रीमध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सांसदहरू धनबहादुर बुढा, कृष्णलाल महर्जन, गाेपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्त र बिनादेवी बुढाथाेकीले हस्ताक्षर फिर्ता लिएका हुन्।सांसद निरा जैरूले पनि हस्ताक्षर फिर्ता लिने भनेकाे तर हस्ताक्षर फिर्ता लिने पत्रमा हस्ताक्षर नगरेकाे स्राेतले जनाएकाे छ।

हस्ताक्षर गर्ने अन्यमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ रहेका छन्।पछिल्लाे समय एकीकृत समाजवादीमा मन्त्री हेरफेरको निर्णय पेचिलो बन्दै गएको छ।

स्थानीय तहको निर्वाचन सकिएलगत्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरेका थिए।

प्रतिक्रिया दिनुहोस