एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू

सफल खबर संवाददाता

शनिबार, ११ असार २०७९, १२ : ५९
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सुरू भएको छ।

बबरमहलस्थित कार्की बैङ्कट सुरू भएको सो बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, सङ्गठनात्मक अवस्था, गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्ने वा नराख्नेलगायत विषयमा छलफल हुने पार्टी निकट स्रोतले जानकारी दिएको छ।

आइतबारसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल, जलवायु परिवर्तन, खाद्य संकट र आर्थिक संकटका विषयमासमेत छलफल गरिने तथा जिल्ला, प्रदेशका वस्तुगत अवस्थाको सम्बन्धित नेताबाट रिपोर्टिङ गरिने छ।

प्रतिक्रिया दिनुहोस