भ्रष्टाचारविराेधी अभियन्ता अर्जुन प्रसाईंले उम्मेदवारी दिने

सफल खबर संवाददाता

शनिबार, ११ असार २०७९, १० : ३६
भ्रष्टाचारविराेधी अभियन्ता अर्जुन प्रसाईंले उम्मेदवारी दिने

 

काठमाडाैँ । भ्रष्टाचारविराेधी अभियन्ता अर्जुन प्रसाईंले काठमाडाैँ क्षेत्र नम्बर-४ मा उम्मेदवारी दिने भएका छन्।

गत वैशाख ३१ मा सम्पन्न भएकाे स्थानीय तहकाे निर्वाचनमा स्वतन्त्र उम्मेदवारले पाएकाे सफलतासँगै काठमाडाैँमा स्वतन्त्र उम्मेदवारी घाेषणा गर्नेहरूकाे संख्या बढिरहेकाे छ।यसैक्रममा उनले पनि प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने घाेषणा गरेका हुन्।

अभियन्ता प्रसाईंले घाेषणा गरेकाे क्षेत्र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाकाे पनि क्षेत्र हाे। अघिल्लाे निर्वाचनमा उनी साेही ठाउँबाट निर्वाचित भएका थिए।उनले अहिलेकाे संस्थापन खासगरी नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रविरुद्ध आफूलाई समर्थन गर्न सबैलाई आग्रह गरेका छन्।

सिँचाइ विभागमा इन्जिनियरका रूपमा कार्यरत प्रसाईंले सरकारी सेवाबाट राजीनामा दिई विभिन्न राजनीतिक तथा सामाजिक मन्चमा आफूलाई स्थापित गरेका थिए।

२०३६ देखि नै माले हुँदै एमालेसम्मकाे राजनीतिमा जाेडिएका उनी २०६० मा  जेसिजका राष्ट्रिय अध्यक्ष पनि भएका थिए।पार्टीकाे सांस्कृतिक मन्चमा सक्रिय प्रसाईं एमाले र माओवादी मिलेपछि बाम राजनीतिबाट अलग भई नीतिगत भ्रष्टाचार तथा मुलुकमा वैदेशिक हस्तक्षेपविरुद्ध सक्रिय रहँदै आएका छन्।

उनले भ्रष्टाचार र वैदेशिक हस्तक्षेप नरुचाउने नागरिकहरूसँग पनि आफूलाई संसदमा पठाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस