श्रीलंकामाथि अष्ट्रेलियाको जित

एजेन्सी

शनिबार, ११ असार २०७९, ०८ : ५७
श्रीलंकामाथि अष्ट्रेलियाको जित

काठमाडौँ । घरेलु टोली श्रीलंकाविरुद्धको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अष्ट्रेलियाले चार विकेटको जित निकालेको छ ।

कोलम्बोमा शुक्रबार रातिको खेलसँगै घरेलु टोली श्रीलंकाले पाँच खेलको शृंखलामा अष्ट्रेलियालाई ३(२ ले हरायो। श्रीलंकाले दिएको १६१ रनको लक्ष्य अष्ट्रेलियाले ३९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

अष्ट्रेलियाका एलेक्स केरीले सर्वाधिक ४५ रन जोडे। यस्तै, मार्नुस ३१ रनको योगदान गरे। श्रीलंकाका दिनुथले सर्वाधिक ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४३ ओभर १ बलमा सबै विकेट गुमाउँदै १६० रन बनाएको थियो । श्रीलंकाका चामिका करुनारत्नेले सर्वाधिक ७५ रन बनाए। कुशल मेन्डीसले २६ रनको योगदान गरे ।