नेपाली कांग्रेसले नेपाल किसान संघ र नेपाल आदिवासी जनजाति संघको अध्यक्ष नियुक्त गरेको छ।
गत चैतमा बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार नेपाल किसान संघको अध्यक्षमा गणेश तिमिल्सिना र जनजाति संघको अध्यक्षमा ओमबहादुर थापा घर्तीलाई नियुक्त गरिएको नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्ति निकालेर जानकारी दिए।
पार्टी सभापति शेरबहादुर देउवाले उनिहरुलाई नियुक्त गरेका विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असार २०७९, २१ : १७
लेखकबाट थप