हेटौंडा । एमाले नआएपछि हेटौंडा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ ।आवश्यक गणपुरक संख्याको अभावमा शुक्रबारका लागि आह्वान गरिएको बैठक स्थगित भएको नगर प्रमुख मीनाकुमारी लामाले घोषणा गरेकी हुन् ।शुक्रबार बिहान १० बजेका लागि बोलाइएको नगरसभामा नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरु सहभागी भएनन् ।
९५ जना सदस्य रहेको नगरसभामा शुक्रबार ४० जनाले मात्रै उपस्थिति जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असार २०७९, १४ : ४१
लेखकबाट थप