चार वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने १९ वर्षिय युवक पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १० असार २०७९, ०८ : १०
चार वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने १९ वर्षिय युवक पक्राउ

वीरगञ्ज । चार वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने १९ वर्षका किशोरलाई प्रहरीले पक्राउ गरेको छ। नाबालिकालाई जबर्जस्ती करणी गर्ने बाराको जितपुर(सीमरा उपमहानगरपालिका २२ बस्ने १९ वर्षका अजय पाख्रिनलाई प्रहरीले पक्राउ गरेको हो।

पाख्रिनले बुधबार साँझ चकरी जंगलमा लगेर चार वर्षकी बालिकालाई जबर्जस्ती गरेका थिए। जबरजस्ती करणी गरी फरार भएपछि बालिकाका बुवाले प्रहरीमा जाहेरी दिएपछि पाख्रिनलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

पक्राउ परेका उनलाई जबर्जस्ती करणी मुद्दामा अदालतबाट सात दिनको म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाइएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस