काठमाडौं । चीनले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागी नहुने नेपाल सरकारको निर्णयको प्रशंसा गरेको छ।
चिनियाँ विदेश मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षामा सधैँ सघाउने पनि बताए।
उनले नाटोलाई चिनियाँबिरुद्ध गलत सूचना नफैल्याउन, विवाद निम्त्याउने गरी रणनीतिक मार्ग निर्माण नगर्न र नयाँ शीतयुद्ध ननिम्त्याउन पनि चेतावनी दिएको छ।
उनले अमेरिकी शैलीको प्रजातन्त्रबारे प्रशस्त प्रश्न उठाइएको र आलोचना गरिएको पनि बताए। उनले अमेरिकी नेताहरुले प्रजातन्त्रलाई व्यक्तिगत र समूहगत फाइदाका लागि प्रयोग गर्ने र अमेरिकी साम्राज्यवादको पक्षपोषण गर्ने हतियारका रुपमा प्रयोग गरेको आरोप पनि लगाए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असार २०७९, २० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास