विशाल, रन्जित र छिरिङ एनआरटीमा अनुबन्ध, प्रशिक्षकमा जीवन

सफल खबर संवाददाता

विहीबार, ०९ असार २०७९, १५ : ०५
विशाल, रन्जित र छिरिङ एनआरटीमा अनुबन्ध, प्रशिक्षकमा जीवन

काठमाडौं । मछिन्द्र फुटबल क्लबलाई लगातार दुई सिजन सहिद स्मारक ए डिभिजन लिग उपाधि जिताएका मिडफिल्डर विशाल राई तथा द्वय रक्षक रन्जित धिमाल र छिरिङ गुरुङ  न्युरोड टिम एनआरटीमा अनुबन्ध भएका छन् ।

मलेसियामा एनआरटीले प्री सिजनका लागि टीवाईटी कप खेल्दैछ । जसका लागि मछिन्द्रले केहि अन्तरराष्ट्रिय खेलाडीसहित नेपाली खेलाडी अनुबन्ध गरेको हो ।

एनाअरटीले मिडफिल्डर विशाल तथा  रक्षक रन्जितसहित छिरिङलाई अनुबन्ध गरेको हो । यस्तै, युवा मिडफिल्डर गौरव बुढाथोकी र रुमेश बर्ताैलालाई समेत अनुबन्ध गरेको स्रोतले बताएको छ ।

यस्तै, संकटाका मिडफिल्डर सुभाष गुरुङ, थ्री स्टारबाट संजोक राईलाई अनुबन्ध गरेको छ । गोलरक्षकमा क्यामरुनका २२ वर्षीय  टोलो ल्यान्ड्रीलाई अनुबन्ध गरेको छ । बिक्रम धिमाल, शिव गुरुङ र पुजन होडालाई निरन्तरता दिएको छ । यता, दर्शम गुरुङ र एरिक बिस्ट टिम बाहिर छन् ।

प्रशिक्षकमा भने राजु काजी शाक्यलाई जीवन सिन्केमानले प्रतिस्थापन गरेका छन् । जीवनको ए लाईसेन्स रहेको छ ।विशाल र रन्जितले २०७६ र ७८ मा मछिन्द्रबाट खेल्दै लिग उपाधि जिताउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । त्यसअघि ०७५ सालमा विशाल मनाङ मरस्याङ्दी क्लबले आठौं पटक लिग उपाधि जित्दा टोलीका सदस्य थिए । यता, रन्जित थ्रीस्टार क्लबमा आवद्ध थिए ।

यता, विदेशी खेलाडीमा भने एनआरटीले मेसौके ओलोमोउ र स्टेफन समिरसहित आन्द्रे थेरी वियिक वियिक अनुबन्ध गरेको छ । यता, दक्षिण एसियाली कोटामा जावलाखेलबाट लिग खेलेका भारतीय मिडफिल्डर निकालोस  फर्नान्डेजलाई अनुबन्ध गरेको छ ।

एनआरटीले मलेसियाको पेनाङमा  २८ जुनदेखि २ जुलाईसम्म हुने प्रतियोगितामा मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इन्डोनेसियाको  लिग टु क्लब कारो प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताअन्तर्गत एनआरटीले ३० जुनमा कारो एफसी र २ जुलाईमा पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्ने छ। लिगको अंकको आधारमा विजेता र उपविजेता टोलीको टुङ्गो लाग्नेछ।

प्रतिक्रिया दिनुहोस