सन्दीप क्षेत्रीको धनगढीमा विशेष प्रस्तुती हुने

सफल खबर संवाददाता

विहीबार, ०९ असार २०७९, ०९ : ५६
सन्दीप क्षेत्रीको धनगढीमा विशेष प्रस्तुती हुने

काठमाडौं । स्टान्डअप कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीको शुक्रबार(असार १०) गते धनगढीमा विशेष कार्यक्रम हुने भएको छ । एसईई र १२ कक्षा दिएका विधार्थीहरुलाई लक्षित गर्दै एसपीए कलेज धनगढीले स्टान्डअप कमेडियन कलाकार सन्दीप क्षेत्रीलाई धनगढीमा निम्त्याएको हो । 

ओम प्यालेस धनगढीमा हुने कार्यक्रममा एसईई र कक्षा १२ का विधार्थीहरुसँग सन्दीपले करिअर काउन्सलिङ तथा अन्तक्र्रियात्मक सेशनहरु गर्नेछन् । साथै कार्यक्रममा क्षेत्रीको विशेष प्रस्तुती समेत रहनेछ ।  कार्यक्रम बिहान ११ बजेदेखि ओम प्यालेस धनगढीमा सुरु हुनेछ । आयोजक एसपीए कलेजले एसईई र १२ कक्षा दिएका विधार्थीहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरेको छ । निशुल्क इन्ट्रि टिकेट एसपीए कलेजको फेसबुक पेजबाट अथवा सिधैँ कार्यक्रमस्थलमा समेत प्राप्त गर्न सकिनेछ । 

एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले चर्चित स्ट्यान्डकप कमेडियन, अध्यापक तथा बौद्धिक व्यक्तित्वको पहिचान बनाउँनु भएका सन्दीप क्षेत्रीको कार्यक्रममा उपस्थित भई जीवनउपयोगी ज्ञान हासिल गर्न सम्पूर्णलाई अनुरोध गरे । 

‘चर्चित स्टान्डकप कमेडियन, प्राध्यापक, तथा बौद्धिक व्यक्तित्व सन्दीप क्षेत्रीबाट विधार्थीहरुलाई एसईई तथा १२ कक्षा पछाडि कुन करिअरमा जाने र जिन्दगीलाई कस्तो बनाउँने भन्नेबारेमा एउटा ज्ञान प्रवर्दनात्मक कार्यक्रम भएकाले सबैलाई उपस्थित भई आफ्नो भविष्यको बाटो सुनिश्चित गर्नका लागि हार्दिक अनुरोध गर्दर्छौ,’ क्याम्पसप्रमुख उपाध्यायले भने। 

यस्तै धनगढीमा आफ्नो कार्यक्रमबारे जानकारी दिदैँ कलाकार क्षेत्रीले एसईई तथा १२ कक्षा दिएर बसेका विधार्थीहरुका मनमा उठेका धेरै प्रश्नहरुको उत्तर दिने प्रयास आफूले गर्ने बताए ।  ‘अब के पढ्ने कस्तो होला? भविष्यमा के पढेर के होला? भन्ने मनमा उठेका प्रश्नहरुको जवाफ दिने प्रयास म गर्नेछु,’ सन्दीपले भने, ‘यहाँहरु सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस