डलरको भाउ अहिलेसम्मकै उच्च

सफल खबर संवाददाता

विहीबार, ०९ असार २०७९, ०९ : ३६
डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा तोकेको छ।

पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ । हिजो १ सय २५ रुपैयाँ २२ पैसा थियो।

आज युरो १ को खरिददर १३१=६३ पैसा र विक्रीदर १३२।२६ पैसा रहेको छ। यस्तै, अष्ट्रेलियन डलर १ को खरिददर ८६.३१ पैसा विक्रीदर ८६.७२ पैसा तोकेको छ। जापनी येन १० को खरिददर ९.१९ पैसा र विक्रीदर ९.२४ पैसा रहेको छ।

चाइनिज युआन १८.६३ पैसा खरिददर रहेको छ भने बिक्रीदर १८.७२ पैसा रहेको नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस