सरकारले तत्काल संघीय निजामती सेवा ऐन जारी नगरे आन्दोलन गर्ने सञ्जालको चेतावनी

सफल खबर संवाददाता

बुधबार, ०८ असार २०७९, २० : ३२
सरकारले तत्काल संघीय निजामती सेवा ऐन जारी नगरे आन्दोलन गर्ने सञ्जालको चेतावनी

काठमाडौं । संयुक्त ट्रेड युनियन सञ्जालले सरकारले तत्काल संघीय निजामती सेवा ऐन जारी नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।मंगलबार संयुक्त ट्रेड युनियन सञ्जालको बैठकले सरकारले तत्काल संघीय निजामती सेवा ऐन जारीइ नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो ।

सञ्जालले सरकारले ऐन जारी नगरेको खण्डमा संघर्षका कार्यक्रमहरु गर्ने भन्दै संयुक्त संघर्ष समितिसमेत गठन गरेको छ । बुधवार नेपाल निजामति कर्मचारी संघका महासचिव जनकबहादुर रावलले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई संघीय निजामती सेवा ऐन जारी गर्न ध्यानाकषर्ण गर्ने र ध्यानाकर्षण गर्दापनि सरकारले ऐन जारी नगरे आन्दोलन गर्ने तयारी रहेको बताए।

उनले सरकारले संघीय निजामती सेवा ऐन अहिलेसम्म ल्याउन नसक्दा नागरिकले सार्वजनिक प्रशासनको सेवा प्रभावकारी बनाउन नसकिएको बताए । महासचिव रावललले अघिल्लो सरकारले ऐनको मस्यौदा ल्याएपनि सरोकारवाला निकायसँग छलफल नगरेको बताए ।

उनले वर्तमान सरकारले ऐन संसदबाट फिर्ता ल्याएको ऐनमा निजामती कर्मचारीको हकहीतलाई समेटर नयाँ ऐन जारी गर्न माग गरे। महासचिव रावलले समायोजन ऐनको कारण अहिलेसम्म पनि कर्मचारीहरु समायोजन हुन नसक्दा निजामति प्रशासन तहसनहस भएको बताए ।

महासचिव रावलले नेपालको सार्वजनिक प्रशासनलाई व्यवस्थित गर्नुपर्ने संघीय निजामति ऐन आउन नसक्दा कर्मचारीको वृत्तिविकास तथा सेवाप्रवाह प्रभावकारी नभएको बताए । तीनै तहमा गरेर १ लाख ४२ हजार निजामति कर्मचारीको दरबन्दी रहेकोमा स्थानीय तहमा २३ हजार दरबन्दीहरु रिक्त रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस