असार १० र ११ गते भरतपुरका विभिन्न ठाँउमा विद्युत् अवरुद्व हुने

सफल खबर संवाददाता

बुधबार, ०८ असार २०७९, १७ : ००
असार १० र ११ गते भरतपुरका विभिन्न ठाँउमा विद्युत् अवरुद्व हुने

चितवन । भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा २ दिन दिनभर विद्युत् अवरुद्व हुने भएको छ । विद्युत् प्राधिकरण भरतपुरले आज बुधबार गरेको सूचनामा असार १० र ११ गते दिनभर विद्युत् अवरुद्ध हुने जानकारी दिइएको छ ।

नेपाल विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रसारण निर्देशनालयको पत्रअनुसार निम्न फिडरहरु जीर्ण अवस्थामा रहेकोले उक्त फिडरहरुको स्तरोन्नतिको लागि बसेनी स्थित १३२, ११ केभी सबस्टेशनबाट वितरण हुने स्थानहरुमा विद्युत् अवरुद्ध हुनेछ ।

बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म विभिन्न फिडरहरुमा लाइन अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिबकुमार सिंहले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस