आइएमई पेबाट उडान टिकटमा सर्वाधिक क्यासब्याक सँग अतिरिक्त रु. ३०० छुट

सफल खबर संवाददाता

बुधबार, ०८ असार २०७९, १६ : ५२
आइएमई पेबाट उडान टिकटमा सर्वाधिक क्यासब्याक सँग अतिरिक्त रु. ३०० छुट

काठमाडौं । आइएमई पेले हवाई उडान टिकटमा फेरि पनि नयाँ अफर ल्याएको छ । “उच्च तापक्रममा उच्चत्तम छुट” नामक “फ्ल्यास सेल” किसिमको अफर मार्फत यात्रुहरुले मंगलवार र शनिवारको दिन दिउँसोको ३ बजे देखि ४ बजे सम्म आइएमई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक हाइएस्ट क्यासब्याकको साथै थप रु. ३०० बोनस पनि प्राप्त गर्न मिल्ने प्रबन्ध मिलाएको छ ।  

साधारणतया अरु वालेट एपहरु भन्दा बढि क्यासब्याक दिइरहेको आइएमई पे एपले यस अफर अवधि भरि हप्ताको २ दिन ( मंगलवार र शनिवार ) केवल १ घण्टाको लागि सो अफर मार्फत थप रु. ३०० बोनस यात्रुहरुलाई प्रदान गर्ने यस कम्पनीले प्रष्टाएको छ । असार ७ गते देखि शुरु भएको यस अफर मार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा सो बोनस प्राप्त गर्न सकिन्छ ।