आचरण विपरितको क्रियाकलाप गरेपछि प्रहरी निरीक्षक कुर्मी बर्खास्त

सफल खबर संवाददाता

बुधबार, ०८ असार २०७९, १६ : २४
आचरण विपरितको क्रियाकलाप गरेपछि प्रहरी निरीक्षक कुर्मी बर्खास्त

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश २ कार्यालय बर्दिबासका प्रहरी निरीक्षक राजु कुर्मी प्रहरी सेवाबाट बर्खास्त भएका छन्। गृह मन्त्रालयलको मंगलबारको बैठकले कुर्मीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरि सेवाबाट बर्खास्त गरेको हो। 

अख्तियारको बर्दिबास कार्यालयमा कार्यरत कुर्मीमाथि प्रहरी आचरण विपरीत क्रियाकलाप गरेको अरोप लागेको थियो। त्यस्तै पैसा उठाएको र प्रहरी संगठनविरुद्ध लागेको आरोप उनीमाथि थियो।  अख्तियार दुरुपयोग रोक्नुपर्ने निकायका प्रहरी निरीक्षकले नै अख्तियारको दुरुपयोग गरेको भन्दै उजुरी परेपछि कुर्मीलाई प्रहरी प्रधान कार्यालय तानिएको थियो।

उनीमाथि छानबिन गर्दा प्रदेश २ प्रहरीमा कार्यरत रहँदा अख्तियारीको दुरुपयोग गरेको फेलापारेपछि निलम्बनका लागि प्रहरी प्रधान कार्यालयलाई पत्र पठाइएको थियो। अख्तियारको पत्रपछि प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बन गरेको थियो। यससँगै प्रहरी प्रधान कार्यालयले बर्खास्तीका लागि गृह मन्त्रालयमा पत्र पठाएको थियो। 

प्रतिक्रिया दिनुहोस