काठमाडौं । बुद्ध एयरले वायुसेवा सञ्चालक संघले घोषणा गरेको हवाई सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णयप्रति क्षमा मागेको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै बुद्धले आन्तरिक समस्या समाधान गर्नका लागि सेवालाई बन्द गर्नु यथोचित निर्णय नभएको उल्लेख गरेको छ । आउँदा दिनमा आफ्नो कारणले उडान सेवा अवरुद्ध नगर्ने प्रण बुद्ध एयरले गरेको छ ।
बुद्धले मंगलबार संघको निर्णयप्रति ऐक्यबद्धता जनाउँदै उडान सेवा बन्द गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असार २०७९, १३ : ४१
लेखकबाट थप