नेपाली चलचित्र माई लभमा धरहरा भत्केको दृश्य

सोमबार, २५ मंसिर २०७४, २३ : १९
नेपाली चलचित्र माई लभमा धरहरा भत्केको दृश्य

भरतपुर । २०७२ साल बैशाखमा गएको विनाशकारी भूकम्पले धरहरा भत्किँदाको दृश्य समावेश गरेर बनाइएको नेपाली चिलचित्र माई लभ मङ्सिर २९ गतेबाट रिलिज हुने भएको छ । 
चलचित्र युनिटले नारायणगढमा सोमबार आयोजित पत्रकार सम्मेलन आयोजना गरी भूकम्पले पु¥याएको क्षति र पीडित नेपालीको मनोदशालाई चलचित्रमा देखाइएको जानकारी दिएको छ । तोसीआकी इतोले निर्देशन गरेको चलचित्र पचास प्रतिशत नेपाल र पचास प्रतिशत जापानमा छायाँकन गरिएको छ ।
चलचित्रका छायाँकार गौरीशंकर धुँजुले जापानमा धरहराको प्रतिरुप बनाएर मिनिएटर प्रविधिबाट धरहरा भत्किँदै गरेको दृश्य खिचिएको जानकारी दिनुभयो । घर भत्केर गाडी थिचेको दृश्य पनि यही प्रविधिको सहयोगबाट खिचिएको उहाँले बताउनु भयो । करिब तीन करोड पचास लाख रुपैयाँको लागतमा चलचित्र निर्माण गरिएको चलचित्रका निर्माता तथा नायक गणेश लामाले बताउनु भयो । दुई घण्टा लामो चलचित्रमा त्रिकोणात्मक प्रेमकथा रहेको नायिका शितल श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस