यात्रुवाहक बसमा एसिड पोखिँदा ५ जना घाइते

सफल खबर संवाददाता

मंगलबार, ०७ असार २०७९, १९ : २३
यात्रुवाहक बसमा एसिड पोखिँदा ५ जना घाइते

मोरङ । यात्रुवाहक बसमा एसिड पोखिँदा मोरङको कटहरी गाउँपालिकामा ५ जना यात्रु घाइते भएका छन्।मंगलबार दिउँसो करिब साढे ३ बजे विराटनगरबाट कटहरी हुँदै रंगेली हिँडेको को १ ख ३९८१ नम्बरको बसमा एसिड पोखिएको हो।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार गाँउपालिका–३ स्थित कटहरी चोकमा घटना हुँदा बसका सहचालक विनोद परियारसहित ५ जना घाइते भएका हुन्।

घाइते हुनेमा भोजपुर अरुण गाँउपालिकाका २० वर्षीय परियार, धनपालथान गाउँपालिका–५ का ४२ वर्षीय ओमनारायण राजवंशी, सुनसरी बराहक्षेत्र नगरपालिका–८ की ४० वर्षीया सुमित्रा उराउ, मोरङको सुनवर्षी नगरपालिका–४ की २२ वर्षीया निता राजवंशी, सुनवर्षी–९ की २२ वर्षीया सविहा खानम घाइते भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस