हिमाञ्चलमा केबलकारमा दुई घन्टादेखि फसे यात्रुहरु

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, १६ : २७
हिमाञ्चलमा केबलकारमा दुई घन्टादेखि फसे यात्रुहरु

काठमाडौँ । भारतको हिमाञ्चल प्रदेशको परवानूमा एउटा केबलकार बीचबाटोमा अड्किँदा यात्रुहरु दुई घन्टादेखि फसेका छन्। यद्यपि फसेकाहरुको उद्धारमा ट्रली परिचालन गरिसकिएको छ भने ३ जनाको सकुशल उद्धार भइसकेको छ।फसेका सबै पर्यटकहरु सकुशल रहेको सुरक्षाकर्मीले जानकारी दिएका छन्।

सोमबार दिउँसो प्राविधिक समस्याका कारण केबलकार बीचमै अड्किँदा ११ जना पर्यटक फसेको हिन्दुस्तान टाइम्सले लेखेको छ।केबलकारमा अड्किएका सबै जना नयाँ दिल्लीका हुन्।टिम्बर ट्रेल रिसोर्टका प्राविधिक टोलीहरू उद्धारमा परिचालन गरिएका छन्।

एएनआईका अनुसार आठ जना भने अझै केबलकारमै छन्।हिन्दुस्तान टाइम्सका अनुसार उद्धारका लागि अर्को केबलकार ट्रली पठाइसकिएको सोलन प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस