पवन कार्कीसहित ९ जनालाई निलम्बन गर्ने अखिल क्रान्तिकारीको निर्णय

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, १२ : १०
पवन कार्कीसहित ९ जनालाई निलम्बन गर्ने अखिल क्रान्तिकारीको निर्णय

काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गरेको छ ।

आइतबार काठमाडौंमा बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले उपाध्यक्ष कार्की र ८ जना केन्द्रीय सदस्यरुलाई निलम्बन गर्ने निर्णय गरेको हो । कार्कीसहित केन्द्रीय सदस्यहरु बसन्ता भण्डारी, पदम नेपाली, रमेश खड्का, बालकुमार केसी, उपदेश यादव, सन्जिव चौधरी, रविन बस्नेत र समिर बुढाथोकी निलम्बनमा परेका छन् ।

अनुशासन विपरीतको काम गरेकाले कार्कीसहित ९ जनालाई अनिश्चितकालसम्मका लागि निलम्बन गर्ने निर्णय बैठकले गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए ।

बैठकमा कार्की समूहले विधि विधान विपरीत जिम्मेवारी बाँडफाँट लगायतका निर्णयहरु गरेको भन्दै नेतृत्वविरुद्ध नाराबाजी गरेको थियो । नाराबाजी गर्ने क्रममा हात हालाहाल हुँदा स्थिति तनावपूर्ण बनेको थियो ।

प्रतिक्रिया दिनुहोस