काठमाडौं । काठमाडौंको टोखामा एक युवाको हत्या भएको छ। टोखा नगरपालिका वडा नम्बर १ मालुङ बसोबास गर्दै आएका पाँचथरका २२ वर्षीय दीपेन लिम्बूको हत्या भएको हो।
गएराति युवाहरूको कुटपिटबाट लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बूसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घर बनाउने कामदारहरूबीच एकापसमा झगडा हुँदा लिम्बू गम्भीर घाइते भएका थिए। उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको काठमाडौं प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असार २०७९, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या