काठमाडौं । काठमाडौंको टोखामा एक युवाको हत्या भएको छ। टोखा नगरपालिका वडा नम्बर १ मालुङ बसोबास गर्दै आएका पाँचथरका २२ वर्षीय दीपेन लिम्बूको हत्या भएको हो।
गएराति युवाहरूको कुटपिटबाट लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बूसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घर बनाउने कामदारहरूबीच एकापसमा झगडा हुँदा लिम्बू गम्भीर घाइते भएका थिए। उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको काठमाडौं प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असार २०७९, ०८ : ४३
लेखकबाट थप