एसपीपीबारे गल्ती ढाकछोप गर्न एमालेले संसदमा हंगामा मच्चायो : अध्यक्ष नेपाल

सफल खबर संवाददाता

शनिबार, ०४ असार २०७९, २१ : १२
एसपीपीबारे गल्ती ढाकछोप गर्न एमालेले संसदमा हंगामा मच्चायो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेकपा एमालेको भूमिका रहेको दाबी गरेको छन ।

पार्टीको युवा विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए।एसपीपीका विषयमा अन्योलको स्थिति चलिरहँदा बाहिरिएको नेपाली सेनाको पत्रले एमालेको संलग्नता पुष्टि भएको उनले दाबी गरे । अध्यक्ष नेपालले एसपीपीको विषय संसदमा जसले आवाज उठाएको थियो, जोडदार हंगामा मच्चाएका थियो सोही पार्टी यसमा जोडिएको पाइएको बताए ।

उनले त्यत्रो कुरा किन लुकाइयो भनी प्रश्न गर्दै यस विषयमा यर्थाथ कुरा बाहिर आउनुपर्ने बताए।एसपीपी अगाडी बढाउन नहुने कुरामा आफ्नो पार्टी स्पष्ट रहेको भन्दै उनले यो विषयमा प्रधानमन्त्री देउवा र प्रधानसेनापतिसँग कुरा गर्दा एसपीपी अगाडि नबढ्ने विषय पक्कापक्की भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस