काठमाडौं । काठमाडौँ महानगरपालिकाले केही दिनदेखि सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्सको प्रयोग अब बिहान र बेलुमा मात्र गरिने भएको छ ।दिउँसोको समयमा सडकमा मर्मतको काम गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेपछि कामपाले बिहान र साँझ मात्र सडकको खाल्डो पुर्ने भएको हो ।
महानगर प्रमुख बालेन्द्र साहको निर्देशनअनुसार विगत एक हप्तादेखि पूर्वाधार एम्बुलेन्स सञ्चालनमा आएको हो । यसको प्रयोग सडकका खाल्डा पुर्न गरिँदै छ । यसअघि फोहर बोक्ने दुई गाडीलाई रङ्ग लगाएर टिलिक्क बनाएपछि यसले गर्ने काम पनि बदलिएको हो ।
महानगरका इन्जिनियर कामदारसहित ६ जनाको टोली नागरिकको गुनासोअनुसार टोल–टोलमा पुगेर सडकको मर्मतको काम भइरहेको छ ।कामपाको भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाका अनुसार कल सेन्टरमार्फत सडक पेटी, ढल, इँटा, ब्लकहरु बिग्रेको र भत्केको गुनासो आउनासाथ उक्त टोली तत्काल पुगेर काम सुरु गर्ने गरेको छ ।
अहिलेसम्म डल्लु, नयाँ बानेश्वर, बुद्धनगर र बालुवाटार क्षेत्रबाट धेरै गुनासो आएकाले उक्त क्षेत्रमा काम भइरहेको छ ।
ब्रुमर पुनः सञ्चालनमा
तीन दिनदेखि काठमाडौँमा यान्त्रिक कुचो ९ब्रुमर० पुनः सञ्चालमा आएको छ । विगतमा सञ्चालन भएको तर चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन ।
उक्त समस्या समाधान गरेर पुनः सञ्चालनमा ल्याइएको हो । हाल कामपामा ६ यन्त्रिक कुचो सञ्चालनमा छन् ।फोहरमैला व्यवस्थापन गर्ने, ब्रुमरको नियमित उपयोग, खानेपानी तथा ढल निकास र बिजुलीका तार व्यवस्थापन गर्दा खनिएका खाडलको व्यवस्थापन जस्ता काम अहिले नियमित रुपमा भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०४ असार २०७९, १७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन काठमाडौं महानगरको आग्रह
काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने
काठमाडौँ महानगरले कवाड संकलन केन्द्रमा चलायो डोजर
बालेनका स्वकीय सचिव र महानगर प्रहरी प्रमुख पाण्डेलाई कारवाही गर्न माग
एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र
काठमाडौं महानगरले आवासीय क्षेत्रका कवाडी व्यवसाय दर्ता/नवीकरण नगर्ने