फिफा विश्वकप २०२६ : आयोजक शहर र रंगशालाको सार्वजनिक

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, २० : १८
फिफा विश्वकप २०२६ : आयोजक शहर र रंगशालाको सार्वजनिक

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको आयोजक शहर र रंगशालाको नाम सार्वजनिक गरेको छ ।

फिफाले विश्वकप आयोजना हुने १६ शहरको १६ रंगशालाको नाम सार्वजनिक गरेको हो ।सन् २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने छ । विश्वकप खेल अमेरिकाको ११ शहर, मेक्सिकोको ३ र क्यानडाको २ शहरमा आयोजना हुने छ ।

सन् २०२६ को विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहने छ । सन् २०२२ को विश्वकप भने डिसेम्बरबाट कतारमा हुँदैछ । कतार विश्वकपमा सहभागी हुने ३२ राष्ट्रको पनि टुङ्गो लागेको छ ।