काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको आयोजक शहर र रंगशालाको नाम सार्वजनिक गरेको छ ।
फिफाले विश्वकप आयोजना हुने १६ शहरको १६ रंगशालाको नाम सार्वजनिक गरेको हो ।सन् २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने छ । विश्वकप खेल अमेरिकाको ११ शहर, मेक्सिकोको ३ र क्यानडाको २ शहरमा आयोजना हुने छ ।
सन् २०२६ को विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहने छ । सन् २०२२ को विश्वकप भने डिसेम्बरबाट कतारमा हुँदैछ । कतार विश्वकपमा सहभागी हुने ३२ राष्ट्रको पनि टुङ्गो लागेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असार २०७९, २० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिफा विश्वकपः टर्कीलाई हराउँदै अष्ट्रेलियाको विजयी सुरुआत
पाराग्वेमाथि अमेरिकाको जित
फिफा विश्वकप : क्यानडा र बोस्निया हर्जगोभिनाले खेले बराबरी
विश्व फुटबलको महाकुम्भ शुरु : आज राति उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
फिफा विश्वकपका रेफ्रीलाई अमेरिका प्रवेशमा रोक, विमानस्थलबाटै फिर्ता पठाइयो
फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक