फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक

सफल खबर संवाददाता

शनिबार, २० मंसिर २०८२, ११ : ०८
फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक

काठमाडौँ। सन् २०२६ को जुनदेखि सुरू हुने फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक भएको छ। अमेरिकाको वाशिंगटन डिसीस्थित केनेडी सेन्टरमा शुक्रबार राति सम्पन्न विश्वकपको समूह चरणको ड्र मा ४८ देशलाई १२ समूहमा विभाजन गरिएको छ ।

अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गर्ने यो विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन् । जसमा ४२ देशको टुंगो लागेको छ भने ६ देश प्लेअफ मार्फत छानिने छन् ।

प्रतियोगितामा सबैभन्दा ठूलो टक्कर समूह ‘आई’ मा देखिन सक्ने अनुमान गरिएको छ । यो समूहमा फ्रान्सलाई नर्वेका साथ राखिएको छ । समूह ‘आई’ मा सेनेगल पनि परेको छ ।

साविक विजेता अर्जेन्टिना समूह ‘जे’ मा राखिएको छ । ब्राजिलले समूह ‘सी’ मा स्कटल्यान्ड र मोरक्कोजस्ता टिमको सामना गर्नुपर्ने छ ।

आयोजक अमेरिकालाई समूह ‘डी’ मा अस्ट्रेलिया र पराग्वेजस्ता प्रतिद्वन्द्वी मिलेका छन् ।

कुन समूहमा कुन देश?

समूह ए : मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया (प्लेअफ डीको विजेता)

प्रतिक्रिया दिनुहोस