काठमाडौं । अविरल वर्षासँगै सडक निर्माणको क्रममा बनाएका डाइभर्सन बगाउदा पूर्व पश्चिम राजमार्गको बुटवल–बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ।
बिहीबार राति परेको वर्षापछि आएको बाढीले डाइभर्सन बगाउँदा रातिदेखिनै उक्त सडकखण्ड अवरुद्ध भएको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ। कार्यालयका अनुसार रूपन्देहीको देवदहस्थित घोडाहा खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्याएको हो।
त्यस्तै पश्चिम नवलपरासीको सुनवलस्थित तुरिया खोलाको डाइभर्सन पनि बाढीले बगाएको छ। मरासिनीले घोडाहा खोलाको डाइभर्सन मर्मत गर्ने काम सुरू गरिएको र तुरिया खोलामा बेलिब्रिज बिहिबार दिउँसोसम्म सञ्चालनमा ल्याउने गरि काम भईरहेको जानकारी दिए।
बेलिब्रिज सञ्चालनमा आए पनि भारबाहक गाडीको लोड थेग्न नसक्ने भएकोले ठूला मालबाहक सवारी सञ्चालन नगर्न आग्रह गरेका छन्। अहिले बुटवलबाट पूर्व जाने सबै गाडीहरू भैरहवा(परासी(भुमही सडक हुँदै आवतजावत गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असार २०७९, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोरन्डी खोलाको डाइभर्सन बाढीले बगायो, नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
दुम्किवासमा बाढीले बगायो ‘डाइभर्सन’ : सवारी आवागमन बन्द
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो
बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध
भाँचिएको पुलमा दुईतर्फी डाइभर्सन, यात्रा सहज