काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुगल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सिन्धुपाल्चोकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७४/७५ मा बलेफी तेम्बाथान मोटरबाटो निर्माण गर्ने क्रममा ३६ लाख ४९ हजार ८९९ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा जुगल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सिन्धुपाल्चोकका तत्कालिन इन्जिनियर सुरेश पौडेल, असिस्टेन्ट सव–इन्जिनियर रुपक घिमिरे, लेखापाल सतेन्द यादव, बलेफी लेम्बाथान सडक उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामा रहेका छन् ।
उनीहरु विरुद्ध दायर गरिएको मुद्दामा ३६ लाख ४९ हजार ८९९ रुपैयाँ बिगो दाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असार २०७९, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती नगर प्रमुखद्धारा ५ करोड भ्रष्टाचार
कृषि विकास निर्देशनालय गण्डकीका तत्कालीन निमित्त प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
डिएसपी ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर
तत्कालीन नगर प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख पासमानसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वन अधिकृतसहित २४ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा