काठमाडौं । लागुऔषधसहित प्रहरीले २१ र २२ वर्षका दुई युवतीलाई पक्राउ गरेको छ । मंगलबार साँझ तनहुँको व्यास नगरपालिका वडा नम्बर ४ शाखरटोल डेरा गरी बस्ने पोखरा घर भएकी वर्ष २२ की सुजा गुरुङ र नवलपरासी भएकी वर्ष २१ की रिस्पा तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले लागु औषधको कारोबार गरिरहेका सूचनाका आधारमा प्रहरी उनीहरुको डेरामा खानतलासीका लागि पुगेको थियो । उनीहरुको साथबाट डाईजेपामको एम्पुल ७०, फेनेरागनको एम्पुल ७१ र नुफिनको एम्पुल ७० एम्पुल गरी जम्मा २११ एम्पुल लागु औषध बरामद भएको प्रहरीको भनाइ छ । उनीहरुलाई बुधबार तनहुँ जिल्ला अदालतबाट १० दिनको म्याद लिई आवश्यक अनुसन्धान कार्य भइरेहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असार २०७९, २१ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुन्धारा कारागारबाट फरार कैदी पक्राउ
कैलाली र कञ्चनपुरबाट खैरो हेरोइनसहित ९ जना पक्राउ
४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ
नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ