हाइफ्युचरले सार्वजनिक गर्‍यो नयाँ सेगमेन्टको स्मार्टवाच, कस्तो छ विशेषता ?

सफल खबर संवाददाता

बुधबार, ०१ असार २०७९, १७ : १३
हाइफ्युचरले सार्वजनिक गर्‍यो नयाँ सेगमेन्टको स्मार्टवाच, कस्तो छ विशेषता ?

 काठमाडाैँ । हाइफ्युचरले  नयाँ सेगमेन्टको स्मार्टवाच  नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीले नेपाली बजारमा हाइफ्युचर फ्युचरफिट जोन  र टीडब्लूएस इयरबड-हाइफ्युचर फ्लाइबड्स प्रो सार्वजनिक गरेको हो ।फ्युचरफिट जोन तथा फ्लाइबड्स प्रो विश्व बजारमा हालै सार्वजनिक भएका र २०२२ मा सबैभन्दा बढी बिक्री भएकामध्येका स्मार्टवाच र टीडब्लूएस इयरबड हुन्।

यी घडीहरू शानदार फिचरयुक्त सुपथ मूल्यका स्मार्टवाच र इयरबड हुन्। फ्युचरफिट जोन तथा फ्लाइबड प्रोले हरेक व्यक्तिले अपेक्षा गरे अनुसारको जीवनशैली प्रदान गर्ने कम्पनीले जनाएको छ ।फ्युचरफिट जोनमा १.६९ इन्चको डिस्प्ले, २४*७ एसपीओ२ मनिटरिङ २० ओटा अलग अलग स्पोर्टस मोड रहेका छन् भने यसमा भएको अग्मेन्टेड भ्यूइङ एक्सपेरियन्सले सबैलाई आश्चर्यचकित बनाउने कम्पनीको  भनाइ छ ।

लामो समय टिक्ने ब्याट्री तथा वाटर रेजिस्टेन्ट प्रविधिका कारण पानीबाट सुरक्षित रहने र जस्तोसुकै अवस्थामा लगाउन सकिने कम्पनीको भनाइ छ ।कम्पनीका अनुसार यस घडीको मूल्य ५ हजार ४९९ तोकिएको छ ।

सबैभन्दा बढी रुचाइएको उत्पादन फ्लाइबड्स प्रो इयरबडले कलरको वरपरबाट आउने आवाजलाई फिल्टर गरेर बिल्ट-इन ४माइक वातावरणीय न्वाइज क्यान्सलिङ प्रविधियुक्त उत्पादन डेलिभरी गर्ने कम्पनीको भनाइ छ । यसको मूल्य ३ हजार ९९९ रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस