दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब

सफल खबर संवाददाता

मंगलबार, ३१ जेठ २०७९, १५ : १८
दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब

काठमाडौं । सेयर बजारको ओरालो यात्रा मंगलबार समेत कायम रह्यो । बजार २ हजारको बिन्दुबाट तल झर्दै १९९६.२६ बिन्दुमा आएर रोकिएको छ ।

मंगलबार ३६.०७ अंकले घटेको सेयर बजार कारोबार रकम पनि मुस्किलले १ अर्ब नाघेको छ । यस दिन कुल २३२ कम्पनीको ३१ हजार ८०६ वटा कारोबारबाट ४१ लाख ४७ हजार २५५ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

दोहोरो अंकले घटेको बजारमा सबै उपसमूह राताम्य रह्यो । सबैभन्दा धेरै अन्य, निर्जीवन बीमा, वित्त र विकास बैंक समूहका लगानीकर्ताले गुमाएका छन् ।

मंगलबार आँधिखोला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ८.१८ प्रतिशतले बढेर ४४८.४० रुपैयाँ पुगेको छ । एनएमबी ५० को सेयर मूल्य ४.१० प्रतिशतले बढ्दा माउण्टेन हाइड्रोको मूल्य ३.७२ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस