शरिरिक रुपमा असंक्षमहरुलाई उर्जा दिन भारत-नेपाल मित्रवत सवारी यात्रा गर्दै दुई अपांग भारतिय नागरिक(भिडियोसहित)

प्रकाश सिग्देल

सोमबार, ३० जेठ २०७९, १६ : ०१
शरिरिक रुपमा असंक्षमहरुलाई उर्जा दिन भारत-नेपाल मित्रवत सवारी यात्रा गर्दै दुई अपांग भारतिय नागरिक(भिडियोसहित)

चितवन । शारिरिक दुर्वलता भएकाहरुका लागि उत्साह प्रदान गर्न भारत नेपाल मित्रवत सवारी यात्रा गर्दै शारिरिक रुपमा असंक्त दुई भारतिय नागरिक नेपाल आएका छन् । भारतको कुरुक्षेत्र देखी पर पानीपथबाट निजी सवारी चलाएर सुनौली नाका हुँदै नेपाल पसेर बुटवल दखि चितवन हुँदै काठमाण्डौ हिडेका हुन् । 

पशुपतिको दर्शन पछि उनिहरु काठमाडौंमा उत्प्रेरणात्मक कार्यक्रममा सहभागी भएर हेटौँडा हुदै बिरगन्जबाट भारत छिर्ने बताइएको छ । पुर्ण रुपमा शारिरक अशंक्त कसैको साहारा बिना हिड्नै नसक्ने मानिसले यति धेरै लामो दुरीमा सवारी चलाएर  यात्रा गरेको यो नै पहिलो भएको राईडरहरुको नेपाली संस्था रोयल राईनो राईडरका उपाध्यक्ष गोर्कण महतोले बताए । 

यात्रामा अनोज टन्डनले कार चलाएका छन् । १ जना ह्वईल चियर सहयोगी समेत उनिहरुले साथमा ल्याएका छन् ।  सवारी चालक अनुज टन्डनको ढाड देखी तलको भाग छैन । अर्का अमित जांगडाको १ वटा खुट्टा नभएको बताईएको छ । अमित जांगडाले यस अघि भारतको काश्मिर देखी कन्याकुमारी सम्म मोटरसाईकल चलाएर रेकर्ड राखिसेका छन् ।

असक्षमता भन्दा क्षमता बलियो छ भनेर बिश्वलाई देखाउँन र आफुहरुजस्तै शारिरिक रुपमा अपुर्ण रहेकालाई उर्जा र उत्प्रेरणा दिन यो यात्रामा निस्किएको सवारी अनुज टन्डनले बताए ।

पानिपथबाट काठमाडौंसम्म १३ सय किलोमिटरको दुरी पार गरिने उनले जानकारी दिए । यति लामो दुरीमा सवारी चलाउँदा आफुमा कुनै पनि कमजोरी महशुस नभएको उनी बताउँछन् ।  

अर्का राईडर अमित जांगडाले शारिरिक रुपमा असंक्त अपागं भएपनि मानसिक रुपमा स्वस्थ्य हुन सके उसले आट गरे जस्तोसुकै चुनौती सामना गरेर सफल बन्न सकिन्छ भनेर प्रमाणित गरेर देखाउन यो प्रयास गरेको बताए । अरु असंक्षमहरुलाई आत्मबिश्वास बढाउदै उत्प्रेरणा प्रदान गर्न आफुहरु यात्रामा निस्किएको जांगडाले बताए ।

 

प्रतिक्रिया दिनुहोस