मकवानपुरमा लागूऔषधसहित तीन जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २९ जेठ २०७९, २१ : ०५
मकवानपुरमा लागूऔषधसहित तीन जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरी अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको टोलीले अवैध लागूऔषध नाइट्राभेट ५३८ ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको देवघाट गाउँपालिका–४ का २१ बर्षीय सरोज भुजेल र काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ का २३ बर्षीय जंगबहादुर तामाङ रहेका छन् । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना१ज ३५५३ नम्बरको सुमो चेक जाँच गर्ने क्रममा नाइट्रोभेट सहित उनीहरू पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरू दुवैजनालाई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

त्यसैगरी प्रहरीले करिब डेढ किलो लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले एक महिलालाई पक्रेको छ । प्रहरीचौकी हात्तिसुँढेबाट खटिएको टोलीले राक्सिराङ गाउँपालिका–१ स्थायी घर भई बकैया गाउँपालिका–५ कर्मचुली बस्दै आएकी ३५ वर्षीया फूलमाया भुलुनलाई पक्राउ गरेको हो ।

उनको साथबाट एक किलो ४ सय ग्राम लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भुलुनले घरमा लुकाई राखेको अवस्थाको गाँजा फेला पारेको बताइएको छ । उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस