जनकपुर । सर्लाहीको लालबन्दी नगरपालिकामा आफ्नै मामाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–११, हिरापुरका ३१ वर्षीय रवि विक रहेका छन् ।
शनिबार बिहान आफ्नै मामा ४५ वर्षीय अशोक विकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक अशोक लालबन्दी–१७, रानीगञ्जका वासिन्दा हुन् ।
प्रहरीका अनुसार रविको काकाको तरकारी बारीमा दुबै जना काम गरिरहेको बेला विवाद हुँदा रविले अशोकको टाउकोमा बाँसको भाटाले हिर्काएका थिए । गम्भीर घाइते भएका अशोकलाई उपचारका लागि अस्पतालतर्फ लग्दै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । रविलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ जेठ २०७९, १७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ