कोरोना अपडेट : थप १७ जनामा संक्रमण, ११ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

शनिबार, २८ जेठ २०७९, १७ : १५
कोरोना अपडेट : थप १७ जनामा संक्रमण, ११ जना संक्रमणमुक्त

काठमाडौं । देशभर गरेर १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा २ हजार १ यस ७३ जनामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार ११ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ सय ७ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस